१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

राजावादी आन्दोलनमा पक्राउ परेका राई र रोका ३ महिनाअघि पार्टीबाट अलग भइसके: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न भएको भन्दै मिडिया र सामाजिक सञ्जालमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका केन्द्रीय संगठन विभागका सचिव शङ्कर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा खोटाङका पूर्वकाङ्ग्रेस नेता डा. राजकुमार राई र भगवती रोका करिब तीन महिनाअघि नै रास्वपाबाट अलग भएको स्वघोषणा गरेको र हाल कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारिएको छ।

विज्ञप्तिमा मिडियामा उल्लेखित ती व्यक्तिहरू रास्वपाको महत्त्वपूर्ण पदमा रहेको भन्ने दाबी भ्रामक र सत्यताहीन रहेको उल्लेख छ।

पार्टीले कानुन उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने अडान राख्दै रास्वपाभित्रका कुनै पनि पदमा रहेका व्यक्तिलाई कानुनको पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

रास्वपाले यस्ता भ्रामक समाचारले पार्टीको छविमा असर पर्ने भन्दै सबै सञ्चारमाध्यमलाई सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

प्रकाशित: २१ चैत्र २०८१ १७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App