१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

राप्रपाले तीनकुनेको जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोज्यो: बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले तीनकुनेको जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन्।

सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राप्रपाको गतिविधिप्रति आपत्ति जनाए।

बर्तौलाले राप्रपा सांसदहरूको संसद्भित्रको व्यवहारबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भीर समीक्षा गरिने बताए।

“संविधानमा नलेखिएका शब्दहरू संसद्को संस्कारमा आउन सक्दैनन्। राजावादीको नाममा संविधानले नचिनेका कुराहरू सदनभित्र र बाहिर दुवै ठाउँमा कानुनविपरीत छन्,” उनले भने।

उनले यस्ता विषयहरू इतिहास भइसकेको जिकिर गरे।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री बोलिरहँदा राप्रपाबाट भएको अमर्यादित र अराजक गतिविधिलाई पनि कार्यव्यवस्था समितिमा छलफलको विषय बनाइने उल्लेख गरे।

प्रकाशित: १८ चैत्र २०८१ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App