१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

देउवा भन्छन्: धेरै पटक प्रधानमन्त्री भइसके, फेरि हुने सम्भावना छ

‘म पद ओगट्न चाहने नेता होइन, बलियो देश बनाउने सपना छ’

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पद ओगट्न चाहने नेता नभएको दाबी गरेका छन्। शुक्रवार महोत्तरीको मनराशिश्वामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन्। 

‘अहिले ओलीजी हुनुहुन्छ । पछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो,’ सभापति देउवाले भने, ‘म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ ।’ 

आफूमा अब प्रधानमन्त्री हुने चाहना भन्दा पनि बलियो देश बनाउने सपना मात्रै बाँकी रहेको सभापति देउवाले बताए। उनले भने, ‘मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु।’ 

अहिले कांग्रेससँग बहुमत नभएकैले एमालेसँग गठबन्धन गर्नुपरेको उनले बताए। त्यस कारण आगामी दिनमा एक ढिक्का भएर कांग्रेसलाई बहुमत दिलाउँदै एकल सरकार बनाउने अवस्था ल्याउन कार्यकर्तासँग आग्रह गरे। 

प्रकाशित: २३ फाल्गुन २०८१ १९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App