१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

विद्यार्थीलाई प्रधानमन्त्रीले भने : डिग्री गरेर जागिर खोज्ने होइन, उद्यमशीलतातिर लाग्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले डिग्री गरेर जागिरका लागि भौतारिने नभइ अब आफैं उद्यमशीलता गर्ने जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिएका छन्। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आफ्नो प्रतिभा अनुसार क्षेत्र रोजेर अगाडि बढ्न विद्यार्थीलाई उनको सुझाव थियो। 

यो पनि पढ्नुहोस्

हाम्रो लक्ष्य देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने हो : प्रधानमन्त्री ओली

लामो इतिहास बोकेको विश्वविद्यालय भन्दै उनले भने, ‘कर्णालीको सभ्यता लामो छ। यो खसान क्षेत्र हो हजार वर्ष अघि राजधानी दैलेखमा थियो। यहाँ तेलको अध्ययन भइरहेकाले त्यसलाई निकालेर प्रयोग गछौँ।’ प्रधानमन्त्री ओलीले थपे, ‘जडीबुटीको धनी प्रदेश हो। यहाँ धेरै सम्भावनाहरू रहेका छन्।’ आज मध्यपश्चिम विश्वविद्यालयबाट ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित हुने कार्यक्रम छ।

प्रकाशित: २३ फाल्गुन २०८१ १५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App