१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई शाहीको प्रश्न: पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो भने हामी पनि तयार छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले रंगशालामा दर्शक दीर्घामा बस्ने व्यक्तिलाई कुट्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो भने आफूहरू पनि तयार रहेको बताएका हुन्। 

'केपी ओली कपमा दर्शक दीर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका मान्छेले मान्छे कुट्ने। प्रहरी पीडितलाई बचाउने भन्दा कुट्नलाई सघाउने। खुलम खुल्ला भन्नुस्। हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो प्रहरी चाहिँदैन। हामी पनि तयार भएर बस्छौँ,' उनले भने, 'आज बिपीको सपना खै, मदन भण्डारीको सपना खै। यसरी खुलम खुल्ला मान्छे कुट्नेलाई कारबाही गरियोस्। पक्राउ गरियोस्। होइन भने सडक र सदनबाट यसको आवाज खरोका साथ उठ्छ।'

प्रकाशित: २१ फाल्गुन २०८१ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App