१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पाथीभरा केबलकार विवादबारे सांसदसँग छलफल गर्दै गृहमन्त्री

पाथीभरा केबलकार विवाद बारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् ।

आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको बताएका हुन्।

उनले सरकारी वार्ता टोलीका तर्फबाट आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको बताए।

'पत्रको मस्यौदा तयार हुँदै छ, हामी आज नै वार्ताका लागि आन्दोलनरत पक्षलाई औपचारिक पत्र लेखेर वार्ताका लागि आह्वान गर्ने छौँ’ भट्टराईले भने ।

उनका अनुसार सरकारी वार्ता टोलीले मुक्कुमलुङ खारेजी संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिम र पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बूलाई सम्बोधन गरेर वार्ताका लागि औपचारिक पत्र लेख्ने तयारी छ ।

प्रकाशित: १५ फाल्गुन २०८१ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App