१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

संसद्‌मा रास्वपा- रवि लामिछानेमाथि अत्याचार गरिएको कुरा स्थापित भइसक्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले आफूहरूका लागि पछिल्ला चार महिना अप्रिय भएको बताएका छन्।

शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'हाम्रा लागि पछिल्ला चार महिना अप्रिय छन्,' उनले भने।

उनले पार्टी सभापति रवि लामिछानेमाथि सिङ्गो राज्य खनिएको बताएका छन्। 'पहिले थुन्ने अनि प्रमाण खोज्ने चरित्र पनि देखियो। तेरो सेँखी झार्ने नै हो भनेर लागियो। रवि लामिछानेमाथि अत्याचार गरिएको हो भन्ने कुरा स्थापित भइसक्यो,' उनले भने।

यस्तै उनले अहिले देखिएका सबै काण्डहरूमाथि छानबिन हुनुपर्ने माग गरे। अब पार्टीले त्यही विषय उठाउने उनले बताए। 'गिरीबन्धुदेखि कम्बोडियासम्म सबै-सबै काण्डको छानबिन हुनुपर्छ,' उनले भने।

प्रकाशित: १८ माघ २०८१ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App