१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नगरप्रमुख यादवद्वारा बलिकाको अभिभावकत्व ग्रहण

कलैया उपमहानरपालिकाका प्रमुख राजेश राय यादवले स्थानीय प्रिया कुमारीको अभिभावकत्व ग्रहण गरी विद्यालयमा भर्ना गराउँदै। तस्बिर : नागरिक

बारा – कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालयमा भर्ना गराएका छन्। यादवले कलैया उपमहानगरपालिका १२ शीतलपुरकी ४ वर्षीया प्रियाकुमारीको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय शीतलपुरको बालविकास कक्षामा आइतबार भर्ना गराएका हुन्।

पढ्न उमेर भएका सबै बालबालिकालाई विद्यालयमा पु-याउन उद्देश्यले आफूले स्थानीय राकेश कुमारकी छोरीको अभिभावकत्व ग्रहण गरी विद्यालयमा भर्ना गराएकोे नगर प्रमुख यादवले बताए।

समाजका अग्रज व्यक्तिले पढ्नबाट वञ्चित बालबालिकालाई विद्यालयमा भर्ना गराउँदा पढ्ने उमेरका सबै विद्यालयसम्म पुग्ने भएकाले आफू यो अभियानमा लागेको नगर प्रमुख यादवले बताए।

कलैया उपमहानगरपालिकामा बसोबास गर्ने ७० प्रतिशत जनसंख्या मात्रै साक्षर रहेको अवस्थामा साक्षरताको अवस्था सुधार्न बालबालिकालाई विद्यालयसम्म पु-याउन जरुरी रहेको उनले बताए।

नगर प्रमुख यादवको कार्यबाट आफ्ना छोराछोरीलाई पढाउन अन्य अभिभावकलाई पनि प्रेरणा मिलेको विद्यालयका प्रधानाध्यापक राजकिशोर सहनीले बताए। उनका अनुसार शीतलपुर टोलमा मात्रै पढ्ने उमेरका सयभन्दा बढी बालबालिका स्कुलबाहिर छन्।

बारामा अहिले पनि २६ हजारको हाराहारीमा बालबालिका विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७५ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App