१६ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको सुनुवाइ आइतबार हुने

श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई संसदीय सुनुवाइका लागि पुस १४ गते आइतबार बोलाइएको छ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ। 

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले यसअघिको कार्यतालिका परिमार्जन गर्दै सुनुवाइका लागि नेपालीलाई १४ गते बोलाउने निर्णय गरेको समितिको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उनको सुनुवाइ यसअघि पुस १६ गते मंगलबार गर्ने तयारी थियो । 

समिति सदस्यहरुको कार्यव्यस्तताका कारण नेपालीको सुनुवाइको मिति परिमार्जन गर्दै २ दिन अघि सारिएको सभापति न्यौपानेले जानकारी दिइन् । 

नेपालीविरुद्ध समितिमा कुनै उजुरी नपरेको सभापति न्यौपानेको भनाइ छ। 

प्रकाशित: १२ पुस २०८१ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App