४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान खराब भन्नु जनतालाई गाली गर्नू हो : पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय भइनसकेको बताएकी छिन्। 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएपनि नौ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताइन्। उनले संविधान संशोधनको बेला नभइ उपयोगको बेला भएको तर्क गरिन्। 

अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनैपनि संविधानले देश विकास गर्न नसक्ने उनको भनाई छ। पूर्वप्रधानन्यायाधीश कार्कीले वर्तमान संविधानमा भाषा नमिलेको देखिएपनि शुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको दाबी गरेकी छिन्।

उनले भनिन्, “यो संविधानलाई खराब भन्न मिल्दैन, यो नराम्रो भन्नु जनतालाई गाली गर्नु हो। नेपालको सम्पूर्ण जनताको ६ सय प्रतिनिधिहरूले बसेर छलफल गरेर सबै तप्काका मानिस, राजनीतिज्ञ, अन्य प्रतिनिधित्व गर्ने वर्गका सबै भेला भएर बनाएको हो।” 

पूर्वन्यायाधीश कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताइन्। उनका अनुसार शासकलाई राम्रो काम गर्न संविधान बाधक छैन्। 

प्रकाशित: २९ मंसिर २०८१ १९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App