नेपाल र चीनबीच भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा गरेको सम्झौताको पूर्ण पाठ परराष्ट्र मन्त्रालयले मंगलबार आफ्नो वेबसाइटमा राखेको छ ।
बीआरआईमार्फत नेपाल र चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यलगायत विषय समेटिएका छन् ।
सम्झौताको पूर्ण पाठ मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ ।
प्रकाशित: २५ मंसिर २०८१ १६:१२ मंगलबार