१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सहकारी ठगे जस्तो हुँदैन, देश चलाउन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश सञ्चालन जटिल कार्य भएको बताएका छन्।

झापामा दमक व्यापारिक कम्प्लेक्स उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय नेतृत्वका लागि सिद्धान्त, नीति, सङ्कल्प र दृढ अठोट आवश्यक रहेको औंल्याए।

प्रधानमन्त्री ओलीले राजनीतिक भ्रम र हल्काफुल्का दृष्टिकोणले देश सञ्चालन असम्भव रहेको तर्क राख्दै भने, "देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, सङ्कल्प चाहिन्छ, अठोट चाहिन्छ। कोही यसमा भ्रममा नपरोस्।"

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले देशको जिम्मेवारी सहकारी ठगी वा लापरवाह अभिव्यक्तिले पूरा गर्न नसकिने धारणा व्यक्त गरे। "सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन। अरूलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन," उनले थपे।

उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गरे।

यसैगरि उनले फरक प्रसङ्गमा आफ्नो चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको बताए। यसका साथै आगामी भ्रमण भारत हुने पनि संकेत गरे।

दमकको भ्यु टावरबारे प्रधानमन्त्रीले विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा समेत गरे।

प्रकाशित: २३ मंसिर २०८१ १७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App