१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ग्रामथानमा माओवादी फराकिलो मतान्तरले अगाडि

ग्रामथान गाउँपालिकाको अध्यक्षको मतगणना जारी हुँदा नेकपा माओवादी केन्द्रले अग्रता फराकिलो बनाएको छ। 

१८ हजार ५७७ मत खसेको ग्रामथानमा १४ हजार २९ मत गणना हुँदा माओवादी केन्द्रले अग्रता फराकिलो बनाएको हो। माओवादी केन्द्रका नमोनारायण माझीले ५ हजार ६ सय ७ मत प्राप्त गरेका छन्।

यस्तै काङ्ग्रेसका बलराम सरदारले  ४१६७ र एमालेका तुलसीराम विश्वास ले २७४१ मत प्राप्त गरेका छन्। यस अघिको निर्वाचनमा नेपाली काङ्ग्रेसले गाउँपालिका अध्यक्षमा जितेको थियो।

प्रकाशित: १७ मंसिर २०८१ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App