६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला

चितवन – नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन चितवनले मंगलबार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो।”

प्रजातन्त्रमा शक्ति पृथक्कीकरण अति महत्वपूर्ण भएको तर यसलाई समाप्त गर्न न्यायपालिकालाई पनि आफ्नो कब्जामा प्रधानमन्त्रीले लिइसकेको आरोप डा कोइरालाले लगाए।

फरक प्रसंगमा उनले काँग्रेसले पराजय भोग्नाको एउटा कारण नाकाबन्दीका विषयमा बोल्न नसक्नु भएको बताए। डा कोइरालाले आउँदो पार्टी अधिवेशनमा पार्टी नेतृत्वमा आफ्नो उम्मेदवारीको विषय नेता कार्यकर्ताको सुझावमा भर पर्ने बताए।   (रासस)

प्रकाशित: २७ चैत्र २०७४ ०९:४० मंगलबार

सरकार अतिवादतर्फ लम्किँदैछ डा कोइराला