१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, चीन भ्रमणलाई स्वीकृत गर्ने तयारी

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। 

बिहीबार बस्ने मन्त्रीपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने बताइएको छ।

बैठकले प्रधानमन्त्री ओलीको आगामी साता हुने भनिएको चीन भ्रमणको कार्यतालिकालाई स्वीकृत गर्ने बुझिएको छ। त्यस्तै बैठकमा  केही नियुक्ति तथा बढुवाका साथै केही अन्य निर्णय हुन सक्ने बताइएको छ।  

प्रकाशित: ६ मंसिर २०८१ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App