६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

दक्ष जनशक्ति उत्पादन गर्नेगरी प्रतिष्ठानले काम गर्नु पर्छ: स्वास्थ्यमन्त्री

.

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णालीलाई स्वास्थ्य क्षेत्रमा उत्पादनको केन्द्रका रूपमा विकास गर्नु आवश्यक रहेको औंल्याएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कर्णालीमा पढेर दीक्षित भएका विद्यार्थीहरूलाई यहीँ काम गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘तपाईंहरू कर्णालीमा पढ्नुभयो, यदि तपाईंहरूले बाँकी समय पनि कर्णालीमै बिताउनुभयो भने समाजले तपाईंलाई उच्च सम्मान गर्नेछ।’

मन्त्री पौडेलले कर्णाली मानव सूचकांकमा पछाडि भए पनि प्राकृतिक स्रोत-साधनमा नेपालकै धनी प्रदेश रहेको र यसको उचित उपयोग हुन नसकेको बताए। उनले कर्णालीलाई गरिबी र विपन्नताको प्रतीकका रूपमा मात्र नदेखी नयाँ पहिचानमा विकास गर्नुपर्नेमा जोड दिए। 

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै उपलब्धिहरू हासिल भएका छन्, यो कर्णालीको मात्र नभई देशकै गौरवको प्रतिष्ठान हो। हामीले यसलाई जस्तोसुकै ढंगबाट विकास गर्नुपर्ने हो, त्यसअनुसार गर्न सकेका छैनौं,’ प्रतिष्ठानको सह-कुलपतिसमेत रहेका मन्त्री पौडेलले भने।

उनले स्वास्थ्य जनशक्ति अभिवृद्धि गर्दै सर्वसाधारणलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको जनाए।

उनले कर्णाली अस्पताललाई मात्र रिफरल सेन्टर नबनाई यहीं विशिष्टीकृत उपचार सुविधा स्थापना गर्नुपर्ने र यसका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २८ कार्तिक २०८१ १८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App