९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईंको आग्रह: पार्टीको मान्छे होइन, नेपाली बन्नुस्

.

.

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशका राजनीतिक दलका कार्यकर्ताहरू पार्टीको मान्छे बनेर मात्र क्रियाशील रहेको र नेपालीको हितलाई बिर्सिएको आरोप लगाएका छन्।

रौतहटको गरुडास्थित चिनीमिल ग्राउन्डमा आइतबार आयोजित आमसभामा प्रसाईंले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) का कार्यकर्ताहरूलाई पार्टीभन्दा बाहिरको पहिचान नभएको भन्दै आलोचना गरे। हात जोडेर उनले जनता नबन्न, कुनै पनि पार्टीमा नजोडिन आग्रह गरे।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजकका रूपमा प्रसाईंले हालको लोकतान्त्रिक व्यवस्थालाई दोष दिँदै नेताहरू धनी हुँदै जाने तर देश दिनदिनै गरिब बन्दै जाने जिकिर गरे। उनले यो व्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे।

प्रसाईंले अहिले अधिकांश जनता बैंक, सहकारी, लघुवित्त संस्था र मीटर ब्याजको चपेटामा परेर पिडित भएकोमा पनि सरकार उदासीन रहेको आरोप लगाए।

उनले २० लाखभन्दा मुनिका सम्पूर्ण ऋण मिनाहा गराउने प्रतिबद्धता जनाउँदै भने, "पीडित जनताले न्याय नपाएसम्म मेरो आन्दोलन जारी रहनेछ।" प्रसाईँले प्रतिज्ञा गरे, "नयाँ व्यवस्था आउँदा तपाईंको लिलाम भएको घर फिर्ता आउनेछ।" साथै, भ्रष्ट नेताका छोराछोरी विदेशमा सुरक्षित रहेको बताउँदै प्रसाईंले आफ्नै अभियानले बैंकहरूलाई ब्याज दर घटाउन बाध्य बनाएको दाबी गरे।

प्रसाईंले राष्ट्र र जनताको हकहितका लागि निरन्तर संघर्ष गर्ने अठोट प्रकट गर्दै राजनीतिक दलका कार्यकर्तालाई पार्टीको भन्दापनि देश र जनताको सेवामा लाग्न आह्वान गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०८१ २०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App