९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरामा रास्वपाको प्रदर्शन,कास्की अदालतले म्याद नथपे लामिछानेलाई रुपन्देही लैजाने तयारी

फाइल तस्वीर

रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत पेश गरिरहँदा उनका समर्थकले पोखरामा प्रदर्शन गरेका छन्। लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि प्रहरीले आज कास्की अदालतमा पेश गरेको हो।

पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा नाराबाजी सुरु गरेका छन्। सहकारी ठगीमा अनुसन्धान जारी रहदा रास्वपाका कार्यकर्ता सडकमा उत्रिएका हुन्। उनीहरुले प्रतिशोध साँधेर आफ्ना सभापति लामिछानेलाई राज्यले फसाउन खोेजेको दाबी गर्दै आएका छन्। प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन्। 

सहकारी ठगी प्रकरण, सम्पत्ती शुद्धिकरण सहितका मुद्दामा अनुसन्धान गर्न भन्दै प्रहरीले आज तेस्रोपटक म्याद थपका लागि लामिछानेलाई अदालतमा पेश गरेको छ। रास्वपाले म्याद थपको विरोधमा दबाब बढाउन कार्यकर्तालाई सडकमा उतारेको हो। लामिछाने गत कात्तिक ३ गते काठमाडौँबाट पक्राउ परे लगत्तै रास्वपा सडक आन्दोलनमा उत्रिएको हो।

कास्की जिल्ला अदालतले आज म्याद नथपेमा लामिछानेलाई रुपन्देही लैजाने प्रहरीको तयारी छ।बुटवलको सुप्रिम सहकारीको रकम दुरुपयोग सम्बन्धमा पक्राउ गरेर अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिइसकेको छ।

प्रकाशित: २० कार्तिक २०८१ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App