१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फुटबल टोलीलाई स्वास्थ्य मन्त्रीले भने: घाइते भएमा निःशुल्क उपचार गर्छौं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले कार्यस्थलमा खेलाडी घाइते भएमा उनीहरूको उपचार खर्च निःशुल्क हुने जानकारी दिएका छन्।

हालै महिला राष्ट्रिय फुटबल टोलीका क्लोम क्याम्प स्थलमा पुगेर यस्तो जानकारी दिएका हुन।

आइतबार सम्पन्न साफ च्याम्पियनसिप फाइनलको तयारीमा रहेका महिला फुटबल टिमलाई जितको शुभकामना दिने क्रममा यस्तो बताएका हुन।

सोही क्रममा पौडेलले आइतबारको सेमिफाइनलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका थिए। मन्त्री पौडेलले एन्फा पदाधिकारीहरू र खेलाडीसामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा निःशुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय भइसकेको बताए। ‘तपाईँहरू उच्च मनोबलका साथ खेल पस्कनुहोला,’ उनले भने, ‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौँ।’

खेलाडीहरूको हौसला बढाउँदै पौडेलले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात् राष्ट्रिय टिमका सबै खेलाडीहरूको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गरे। यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ।

प्रकाशित: १४ कार्तिक २०८१ १६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App