२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले  ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज मंगलबार बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट पीडित भएका नागरिकको राहत सहयोगका लागि  ५० लाख उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।  

प्रवक्ता शाहका अनुसार बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यसैगरी, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशसभाको चालु अधिवेशन असोज १५ गते राति १२ बजेदेखि अन्त्य गर्न कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।  

प्रकाशित: १५ आश्विन २०८१ २०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App