१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईको आग्रह

फाइल तस्बिर

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद्लाई  मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी इन्चार्जसमेत रहेका राईले प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो आह्वान गरेका हुन् । 

आइतबार एक विज्ञप्ती जारी गर्दै उनले प्रदेशका विभित्र स्थानमा भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै घाइतेको उपचार र बेपत्ताको तीव्र खोजी गर्न सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । 

विज्ञप्तिमा भनिएको छ, “घाइतेको उद्धार, उपचार, बेपत्ताको खोजी तथा मृतकका परिवारलाई राहत एवं पुनःस्थापनाका लागि तीनै तहका सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।”  

प्रकाशित: १३ आश्विन २०८१ १८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App