४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपसभामुखबारे प्रधानमन्त्रीको टिप्पणीः प्रस्ताव नै नआएको विषयलाई अनावश्यक उचालियो

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषय अनावश्यक रुपमा उचालिएको टिप्पणी गरेका छन् ।  

संसदमा प्रस्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएको विषय आफूले बुझ्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उपसभामुख रानालाई हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की नै भएको थियो । 

प्रधानमन्त्री ओलीले सोही विषय सोमबारको प्रतिनिधिसभा बैठकमा उल्लेख गर्दै प्रस्ताव नै नआएको विषयमा कसरी छलफल भयो भनी प्रश्न समेत गरे । कहीँ कसैले बाहिर भनेको विषयलाई लिएर संसदमा गालीगलौजको शैलीमा प्रस्तुत हुने कुरा शोभनीय नभएको भन्दै प्रधानमन्त्री ओलीले बोली र व्यवहारमा आँच आउने खालका काम नगर्न पनि सांसदहरुलाई आग्रह गरे ।  

प्रधानमन्त्री ओलीले सांसदहरुका सामाजिक क्रियाकलापको प्रभाव समाजमा पर्ने भएकाले ख्याल गरेर अघि बढ्न सुझाव समेत दिए । 

प्रकाशित: ३१ भाद्र २०८१ १६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App