१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले-माओवादी एकता प्रक्रिया : कार्यदलले प्रतिवेदन बुझाए

कार्यदलको प्रतिवेदन बुझाउँदै। तस्बिर : प्रदिप ज्ञवालीको ट्विटरबाट

काठमाडौं- पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठकमा राजनीतिक प्रतिवेदन मस्यौता कार्यदल र विधान मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका हुन्।

कार्यदल संयोजकमा एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापा संयोजक रहेका थिए। कार्यदलले एकीकृत पार्टीको निर्देशक शिद्धान्त, सांगठनीक संरचना लगायतका विषयमा खाका तयार पारेका छन्।

कार्यदलको प्रतिवेदन बुझेपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको छ। संयोजन समितिको बैठकले पार्टी एकताको बारेमा निर्णय लिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीबीच एकता गर्ने तयारी रहे पनि त्यो सम्भावना टरेको अवस्थामा कार्यदलले प्रतिवदेन बुझाएका हुन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६०/४० को सहकार्य गरेका दुई पार्टीले त्यही बेला निर्वाचन पछि पार्टी एकता गर्ने घोषणा गरेका थिए। प्रदेश सरकार र केन्द्र सरकार र अन्य पदहरुमा पनि दुई पार्टीले भागवण्डा मिलाएका थिए। पछिल्लो पटक एमाले र माओवादीबीच ७०/३० अनुपातमा पार्टी एकता गर्ने चर्चा चल्दै आएको छ। यसैबीच ५०/५० अनुपातमा एकता हुनु पर्ने माओवादी अध्यक्ष दाहालको भनाई सार्वजनिक भएछि तरङग छाएको थियो।

 एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन्। यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्।

 

प्रकाशित: २० चैत्र २०७४ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App