नेकपा (एमाले) ले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको प्रथम स्मृति दिवस बुधबार सम्मानपूर्वक मनाएको छ।
२०८० साल भदौ २६ गते हृदयघातका कारण निधन भएका नेम्वाङको सम्झनामा पार्टीले आफ्नो केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको थियो।
स्मृति कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, एमालेका पदाधिकारीहरू, र स्थायी कमिटी सदस्यहरूले नेम्वाङको फोटोमा माल्यार्पण गर्दै पुष्पगुच्छा चढाई श्रद्धाञ्जली व्यक्त गरे।
सुवास नेम्वाङ एमालेका उपाध्यक्ष मात्र नभई इलाम–२ बाट प्रतिनिधि सभाका निर्वाचित सदस्यसमेत थिए। संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेम्वाङको योगदानलाई स्मरण गर्दै कार्यक्रम भावपूर्ण ढंगले सम्पन्न भयो।
तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक



















प्रकाशित: २६ भाद्र २०८१ १५:१२ बुधबार





