२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन सांसद मोदीको माग

नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मोदीले अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिन माग गरेका हुन  । उनले प्रचण्डले समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको भन्दै पाएका सबै परिवर्तनहरूको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने बताए। उनले २०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह गरे।

मोदीले जनयुद्धलाई हिंसा भन्ने भए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न गरे । 

प्रकाशित: १८ भाद्र २०८१ १६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App