२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर भएन: सांसद वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताएका छन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।उनले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरूका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने बताए । उनले जनता रोइरहेको, बर्बादी भएको कुरा सरकारले नसुनेको बताए।

उनले भने,‘राष्ट्रिय सभामा जुन विषय अत्यन्त गम्भीरतापूर्वक उठेको छ, त्यसका बारेमा रिपोर्टिङ हुनु पर्‍यो । होइन भने समय मिलाएर मलाई समय दिनु पर्‍यो, प्रधानमन्त्रीले । म उहाँहरूसँग छलफल गर्न चाहन्छु । सरकारले सुनेन, सरकार बहिरो भएको छ । कान थुनेर बसेको छ । जनता रोइरहेको उसलाई मतलब छैन । जनता बर्बाद भइरहेको उसलाई मतलब छैन । सरकारले ध्यान दिएर काम गर्नुपर्छ  ।’

सांसद गौतमले सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक पहल थाल्न पनि आग्रह गरे । 

प्रकाशित: १८ भाद्र २०८१ १५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App