२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

टीआरसी सम्बन्धी कानून बनेसँगै देउवाले भनेः अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संक्रमणकालीन न्याय सम्बन्धी कानून संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गरे। उनले अब  पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गरे। संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टिआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छौँ। राष्ट्रपतिज्युबाट पनि प्रमाणीकरण भइसकेको छ। अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ। त्यसले गर्दा अबका दिनमा यस्ता कुराहरु हुने छैनन्। नेपालले अत्यन्तै महत्वपूर्ण दिशामा विकास र अरु काममा अगाडि बढ्नेछ भन्ने मलाई विश्वास छ।’

प्रकाशित: १४ भाद्र २०८१ १७:१७ शुक्रबार

#Sher Badhur Deuwa