२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सशस्त्रको ३० वर्षे सेवा अवधिविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन

सशस्त्र प्रहरी बलमा रहेको ३० वर्षे सेवा अवधिबारे सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । तर यही प्रावधानका कारण भदौ १६ गते अवकास जानलागेका अधिकारीहरूको अवकास कार्यान्वयन रोक्न अन्तरीम आदेश दिन भने अस्वीकार गरेको छ । 

गत आइतबार सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अभिकुमार खत्रीसहितका १२ जना अधिकृतहरूले ३० वर्षे सेवा अवधिको प्रावधानविरुद्ध रिट दायर गर्दै आफ्नो अवकास रोक्ने अन्तरीम आदेशको समेत माग गरेका थिए । सोही रिटमाथि मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश मात्रै मागेको हो । 

रिटकर्ताहरूमा डिआइजीद्वय खत्री, दुर्गाप्रसाद भट्टराईरु एसएसपी विश्व भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन विष्ट, अशोक शाक्य, उद्धव रावलसहित १८ जना अधिकृत छन् । उनीहरू ३० वर्षे सेवावधिकै प्रावधानका कारण एकैसाथ भदौ १६ मा अनिवार्य अवकास जाँदैछन् । 

सर्वोच्चको यो आदेशले उनीहरूको अवकास कार्यान्वयनमा कुनै बाधा नपर्ने भएको छ । यसअघि नेपाल प्रहरीका २१ जना प्रहरी अधिकारीहरूले नेपाल प्रहरी नियमावलीमा रहेको यस्तै ३० वर्षे सेवा अवधिविरुद्ध सर्वोच्चमा रिट दिएका थिए । 

भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले भने प्रहरीको त्यो प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित: ११ भाद्र २०८१ १६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App