१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचार छानबिनमा हदम्यादविरुद्ध बोलिएको छ, निर्णय गरेरै हटाइन्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार छानबिनमा हदम्याद विरुद्ध आफू बोलिरहेको बताउँदै बोल्ने चरणपछि निर्णय गरेर हटाउने दाबी गरेका छन्। 

आफूलक्षित गरेर भइरहेका विभिन्न आलोचनापछि बिहीबार सामाजिक सञ्जालमा संसद्मा बोलेको आफ्नो भिडिओ क्लिप सार्वजनिक गर्दै महामन्त्री शर्माले आफ्नो थप प्रस्टोक्ति दिएका हुन्।

‘पार्टीभित्र, बाहिर अनि संसदमै खुलेर बोलिएको छ। बोल्ने चरणपछि निर्णयगरेरै हटाउने हो–भ्रष्टाचार छानबिनमा हदम्यादको प्रस्ताव !,’ शर्माले एक्स (ट्विटर) मा लेखेका छन्,‘युवाहरूको चासो र सुझावलाई स्वागत छ। भ्रष्टाचार विरुद्ध प्रतिपक्षमा छँदा जे बोलिएको छ, सरकारमा हुँदापनि प्रतिबद्धता र दृढता त्यही नै हो। न दायाँ न बायाँ।’

यो प्रस्टोक्तिसँगै राखिएको भिडिओमा महामन्त्री शर्माले संसदको रोष्टममा उभिएर भ्रष्टाचार निवारण ऐन, २०५९ मा सरकारले ल्याएको संशोधन प्रस्तावमा भ्रष्टाचार मुद्दाको छानबिनमा हदम्याद राखिएको भन्ने विषय विरोधाभाषपूर्ण रहेको टिप्पणी गरेका छन्।

प्रकाशित: ६ भाद्र २०८१ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App