कोशी प्रदेश सभाको बैठक भदौ १४ गते बस्ने भएको छ।
प्रदेश सभा सचिवालयले मंगलबार सूचना प्रकाशित गरी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४ औं बैठक भदौ १४ गते दिनको १ बजे बस्ने जानकारी दिएको हो।
गत असार ८ गते कोशी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट पारित गरेपछि अनिश्चित कालका लागि बैठक स्थगित भएको थियो। केन्द्रमा गठबन्धन फेरिएपछि प्रदेशसभाको बैठक अलमलमा परेको थियो।
कोशी प्रदेशमा एमाले र माओवादी गठबन्धनको सरकार थियो। तर, केन्द्रमा गठबन्धन फेरिएपछि माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ। नेपाली कांग्रेस अझैसम्म सरकारमा सहभागी भएको छैन।
प्रकाशित: ४ भाद्र २०८१ १७:१८ मंगलबार