४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्छ’

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा आइतबार नेपाल फाउण्डेशनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्धमा युवाको भूमिका’ विषयक कार्यशालामा उनले राजनीतिक रूपमा दुई देशबीचको सम्बन्धमा उतार चढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गर । 

मुख्यमन्त्री सिंहले दुई देशबीचको जनस्तरमा कायम सामाजिक÷सांस्कृतिक सम्बन्धलाई सीमा र राजनीतिक कारणले नछेक्ने भन्नुहुँदै यसलाई थप सुदृढ तथा सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले नेपाल(भारतबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताइन ।  

प्रकाशित: २ भाद्र २०८१ २०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App