१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

टीकापुरका दोषीलाई उन्मुक्ति नदिन माग, कृष्ण पहाडीसहित ३४ पक्राउ

काठमाडौं– टीकापुर घटनाका आरोपीलाई उन्मुक्ति नदिन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मानवअधिकारवादी अगुवा कृष्ण पहाडीको नेतृत्वमा धर्नामा बसेको समूहले टीकापुरका अभियुक्तलाई आममाफी दिन नहुने, रोम सन्धी पालना गर्नुपर्ने भन्दै नारा जुलुससहित निषेधाज्ञा तोडेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए।

टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीसहित अभियुक्तहरुको मुद्दा फिर्ता लिन खोजिएको भन्दै मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा पहाडीसहित गंगाधर अधिकारी लगायतले बालुवाटार अगाडि धर्ना दिएका हुन्।

प्रकाशित: १७ चैत्र २०७४ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App