१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिने तयारी गवरेका छन्। मुख्यमन्त्री लामाले आज विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौँडामा आइतवार पत्र दर्ता गराएका थिए।

एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका लामाले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ।

उनले दर्ता गरिएको  पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन्।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन्।

मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ। पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिएका थिए। 

प्रकाशित: १५ श्रावण २०८१ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App