४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विवाद भएपछि निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले फिर्ता लिए नाम

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्। प्रधानले नाम फिर्ता लिएको निवेदन सोमबार सचिवालयमा दर्ता गराएका छन् । 

उनलाई आयुक्तमा सिफारिस गर्ने नगर्ने विषयमा निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक साँझ बस्दै थियो। बैठक बिहानका लागि बोलाइए पनि प्रधानले आफ्नो निर्णय आफैं गरुन् भनेर साँझका लागि सारिएको एक सदस्यले नागरिकलाई बताए।

संसदीय सुनुवाइ समितिमा प्रधानविरुद्ध यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो । जागिर लगाइदिने प्रलोभनमा प्रधानले आफूसँग पटक–पटक यौनशोषण गरेको उजुरीकर्ताको दाबी छ । उनले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन्।

प्रधानसँगको सुनुवाइका क्रममा सांसदहरुले दर्जनौं प्रश्न सोधेका थिए। उनीमाथि नैतिकताको प्रश्न उठेपछि सोमबार नाम नै फिर्ता लिएका हुन्।

प्रकाशित: १४ श्रावण २०८१ १४:४७ सोमबार

#krishnaman pradhan