४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आयुक्तमा सिफारिस कृष्णमान प्रधान नालायक हुन्: सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानलाई नियुक्त गरे संविधानकै अपमान  हुने बताएकी छिन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानलाई संसदीय सुनुवाइ समितिबाट केही गरेर अनुमोदन गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुने र संविधानको पनि अपमान हुने बताएकी हुन्।

उनले भनिन्, 'प्रधानलाई संसदीय सुनुवाइ समितिबाट केही गरेर अनुमोदन गरियो भने ५१ प्रतिशत महिलाको अपमान तथा संविधानको धारा २४५ को उपधारा ६ को पनि अपमान हुन्छ। यो मैले भन्न हुन्छ हुँदैन तर ती त नलायक हुन्।'

आयुक्त हुन उच्च नैतिक चरित्र हुनुपर्ने बताउँदै प्रधान कसरी उच्च नैतिक चरित्रका हुन्छन् भन्दै प्रश्न गरिन्। उनले भनिन्, 'आयुक्त हुन उच्च नैतिक चरित्र हुनुपर्छ, यौन शोषण गर्नेको चरित्र कसरी उच्च भन्न सकिन्छरु यसमा प्रधानमन्त्री र संसदीय सुनुवाइ समितिको ध्यानााकर्षण गर्न चाहन्छु। संसदीय सुनुवाइ समितिले प्रधानलाई अनुपयुक्त ठहर गर्नुपर्छ।’

प्रकाशित: १४ श्रावण २०८१ १३:४१ सोमबार

#Roshan Karki #krishnaman pradhan