४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपसभामुखको बचाउमा रवि: कसमाथि आरोप लगाइरहेका छौँ सोची हेरौँ !

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रतिनिधिसभामा उपसभामुख इन्दिरा राना मगरको प्रतिरक्षामा उत्रिएका छन्। 

प्रतिनिधिसभाकै रोस्टममा उभिएर लामिछानेले प्रमाणित नभएको आरोप लिएर संसदलाई आरोप प्रत्यारोपको थलो बनाइएको बताए । ‘यति निर्मम भयो, यो संसद आरोप प्रत्यारोप र हिलो छ्याप्ने ठाउँ बन्यो कि सिङ्गो जीवन जेलमा परेका आमाबाबुको सन्तानलाई न्याय दिएर सयौँ हज्जारौं बालबालिकालाई जीवन दिने इन्दिरा राना मगरलाई यो सदनमा मानव तस्करको आरोप लाग्ने गरी निर्मम भयौँ हामी,’ लामिछानेले भने,‘विरोध गर्नुस् विरोधको कुनै ठुलो कुरो भएन । विरोध गर्न पाइन्छ, तर कस्तो आरोप कसमाथि लगाएका छौँ एक पटक सोची त हेरौँ । प्रमाणित भएको छैन, विषय उठेको छ ।’

प्रकाशित: ६ श्रावण २०८१ १५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App