४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीलाई गगनको सुझावः कांग्रेस-एमालेको सातबुँदे सम्झौता संसदलाई सुनाउनुस्!

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेबीचको सातबुँदे समझदारी प्रधानमन्त्री केपी ओलीबाटै सार्वजनिक हुनुपर्ने बताएका छन्। महामन्त्री थापाले प्रधानमन्त्री ओलीलाई आइतबार विश्वासको मत लिँदै गर्दा नै उक्त सहमतिपत्र प्रतिनिधिसभामै पढेर सुनाइदिन सुझाव दिएका हुन्।

शनिबार बिपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन्। ‘भोलि (आइतबार) हाम्रो समर्थनमा बनेको प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिँदैगर्दा विचार राख्दा। सात बुँदा के हो पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछुँ,’ उनले भने,‘हामीले त पढ्यौं त्यसलाई पढेकै आधारमा पार्टीमा निर्णय गर्‍यौं। तर पढेकै आधारमा निर्णय गरेको हुनाले त्यसको मर्यादा राख्यौं। अब त्यसको एउटा हस्ताक्षरकर्ता आफै प्रधानमन्त्री भएको हुनाले उहाँको जिम्मेवारी पनि हो, अवसर पनि हो र त्यो मलाई विश्वास पनि छ।’

असार १७ गते राति कांग्रेस र एमालेको बीचमा भएको भनिएको सातबुँदे सहमति पत्र अहिलेसम्म सार्वजनिक भएको छैन। सोहीविषयलाई लिएर नेकपा माओवादी केन्द्रले आलोचना गरिरहेको छ। यस्तोमा कांग्रेस महामन्त्री थापाको यस्तो वक्तव्य आएको हो।

प्रकाशित: ५ श्रावण २०८१ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App