१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने बस्ने छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ।

साथै नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ। सो विषयमा पनि बैठकमा छलफल हुनेछ।

यसअघि मङ्गलवारका लागि बोलाइएको बैठक संसद बैठक बस्ने भएपछि आजका लागि सारिएको थियो।

प्रकाशित: २६ असार २०८१ ०९:०६ बुधबार

#CPN UML