१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदीय छानबिन विशेष समितिले बुधबार सहकारी पीडितसँग छलफल गर्ने

सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ।

मंगलवार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले असार २६ गते बुधवार (भोलि) पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो।

सहकारीका पीडितहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए।

आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो। बुधवार पीडितहरुसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ।

सभापति थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने योजना बनाएका छौं। २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरुलाई बोलाएका छौं। सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न। हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं।’

प्रकाशित: २५ असार २०८१ १७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App