४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बजेटका नाममा सांसदलाई विभेद गरियो:नेता उद्धव थापा

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कोसी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बजेटका नाममा सांसदहरूबिच सरकारले विभेद गरेको आरोप लगाएका छन्।

प्रदेशसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै थापाले सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई १ करोडका योजना दिएको तर, समानुपातिक सांसदलाई ५० लाखको बजेट दिएर प्रदेशसभाका सांसदहरूबिच नै विभेद गरेको आरोप लगाएका हुन् । 

विभेद गर्नु मानवअधिकारका हिसावले ठुलो अपराध भएको थापाको भनाई छ। उनले भने‘विभेद गर्नु मानव अधिकारका हिसावले ठुलो अपराध हो। सरकारले प्रदेशसभाका सांसदहरूबिच विभेद गरेर अपराध गरेको छ ।  विदेशमा भए मुद्दा लाग्ने थियो।’ 

थापाले संविधानले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसद बिच विभेद नगरेको बताए।उनले समानुपातिकले मुख्यमन्त्री सम्म बन्न पाउने संविधानमा व्यवस्था रहेको र त्यहि व्यवस्था अनुसार आफू पनि कोसी प्रदेशको मुख्यमन्त्री बनिसकेको धारणा राख। 

थापाले सोधे ‘ समानुपातिक सांसद मुख्यमन्त्री बन्न पाउने तर, बराबरी बजेट नपाउने ?’ थापाले बजेट पूर्ण रुपमा वितरणमुखी भएकाले यसले कुनै पनि सकारात्मक परिणाम दिन नसक्ने दाबी गरे।  बजेटबारे प्रतिपक्षी सांसदहरूभन्दा सत्ता पक्षकै सांसदहरूबढी आक्रोशित देखिएकाले बजेट पास हुन नदिन कांग्रेसलाई सघाउन आग्रह गरे । थापाले  सत्ता पक्षका सांसदहरूलाई भने‘हामीलाई तपाईहरू सघाउनुहोस् यो बजेट पास हुन नदिऔं।’थापाले निजी क्षेत्रलाई पूर्ण रुपमा बेवास्ता गरेर ल्याएको बजेट संशोधन गर्न सरकारलाई आग्रहसमेत गरे। 

प्रकाशित: ७ असार २०८१ १९:४८ शुक्रबार

#Kosi Province #Leader Uddhav Thapa