२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदमा बजेटमाथिको छलफलको कुनै अर्थ छैन: डा.अमरेशकुमार सिंह

प्रतिनिधि सभाका सांसद डा.अमरेशकुमार सिंहले संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी  गरेका छन्।

प्रधानमन्त्री र मन्त्रीहरुले सुनुवाइ नगर्ने भएकाले संसदमा सो बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको उनको तर्क थियो। मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले संसदमा सांसदहरूले बोलेको कुरा बाटोमा हिँड्ने बटुवाले बोले सरह पनि नहुने गरेको गुनासो गरे। 

उनले अहिले पनि राणा र पञ्चायत कालको सो अनुसार सरकार चलेकाले गणतन्त्र र पञ्चायतकालमा फरक देख्ने अवस्था नरहेको बताए।

प्रकाशित: ४ असार २०८१ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App