६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छः सांसद सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन्।

उनले जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताए। राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउनु नहुने उनको भनाइ छ।

उनले भने, ‘जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने। त्यहाँ दुहुनो गाईजस्तै भएको छ की, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने। यस्तो नगरौँ। राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ। राष्ट्रिय स्वार्थको बनाऔँ। जनस्वार्थको बनाऔँ। राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ।’

प्रकाशित: ३२ जेष्ठ २०८१ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App