२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश सरकार गठनविरुद्ध कार्कीले दिएको रिटमा आज पेशी

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज तोकिएको छ।

गत वैशाख २६ मा केदार कार्कीलाई स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन्।

कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीसँग जवाफ माग गरेको थियो। ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश दिएको थियो।

२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पतमा परेका थिए।

२५ वैशाख २०८१ सम्म उनले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेर २७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित: १६ जेष्ठ २०८१ ०९:२३ बुधबार

#Koshi province #kedar_karki #parshuram_khapung