७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरूद्धको रिटमा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरूद्धको रिटमा सुनुवाइ हुँदैछ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैशाख २५ दिएको रिटमा सर्वोच्चले वैशाख २७ अर्थात् आजका लागि पेशी तोकेको थियो।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्ण धितालले ३० जना सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले वैशाख २५ मा सर्वोच्चमा रिट दिएको थियो। जसमा आज सुनुवाई हुन लागेको हो।

रिटमा कांग्रेसले संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेश माग गरेको छ।

रिटमा सभामुख धिताल, मुख्यमन्त्री अधिकारी र गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको छ।

मुख्यमन्त्री अधिकारीका पक्षमा ३० मत खसेको थियो भने विपक्षमा २७ र राप्रपाका दुई सांसद तटस्थ बसेका थिए।

प्रकाशित: २७ वैशाख २०८१ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App