उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संघीय सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले नेताहरुले छलफल गर्न नभ्याएको र सामान्य छलफल मात्र गरेको बताएका छन्।
बिहीबार साँझ ओली झापाबाट काठमाडौं एयरपोर्ट ओर्लने बित्तिकै दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए। त्यसपछि रवि पनि छलफलमा सहभागी भएका थिए।
प्रकाशित: ६ वैशाख २०८१ १८:५२ बिहीबार