१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

विपक्षी दलहरुले अवरोध गरेपछि संसद् बैठक स्थगित

विपक्षी दलहरुले सांसद अवरोध गरेका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, प्रतिपक्ष दल राप्रपा नेपालका सांसदहरुले आ–आफ्नो ठाउँमा उठेर विरोध र नाराबाजी गरेका हुन्।  

कांग्रेससहितका प्रतिपक्षीहरूले संसद्मा नियमित अवरोध र नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले वैशाख २ गते बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन। 

नेपाली कांगेसले गृहमन्त्री रवि लामिछाने माथि लागेको सहकारीसम्बन्धी आरोपको छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठनको माग राख्दै आएको छ। कांग्रेसले सरकारले मंगलबारसम्मका लागि समिति गठनको अल्टिमेटम दिएको थियो। समिति गठनको मागमा छलफल गर्न यसबीचमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू पटक–पटक छलफल र वार्तामा बसे। तर ती छलफल र वार्ताबाट पनि कुनै समाधान आउन सकेन। 

प्रकाशित: २८ चैत्र २०८० १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App