२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपाद्वारा सहकारी प्रकरण छानबिन गर्न ‘संसदीय समिति’ माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलवार आफ्नो आन्दोलन माथि गृह प्रशासनबाट अत्यधिक दमन भएको उल्लेख गर्दै गृह प्रशासनको भर्त्सना गरेको छ। साथै गृहमन्त्री रवि लामिछाने माथि लागेको आरोप छानबिन गर्न ‘संसदीय छानबिन समिति’ बनाउनुपर्ने माग पनि राखेको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले मंगलबारको शान्तिपूर्ण आन्दोलनमा गृह प्रशासनले अत्यधिक बल प्रयोग गर्दा १८ जना नेता कार्यकर्ताहरू अस्पतालमा उपचार गराइरहेको बताए।

‘हाम्रा अठार जना नेता र कार्यकर्ता अस्पतालमा उपचाररत हुनुहुन्छ’, उनले भने, ‘म हिजोको घटनाको भर्त्सना गर्दछु।’ उनले सार्वजनिक स्थानलाई किन निषेधित क्षेत्र तोकिएको भन्दै गृहमन्त्री लामिछानेको आलोचना गरेका थिए।

सांसद शाहीले गृहमन्त्री लामिछाने माथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग पनि गरे। ‘सहकारी लाखौँ पीडितहरू छन्। छानबिन समिति बनाऊ। पहिले पनि बनाएका थियौँ अहिले पनि बनाऊ’, उनले भने।

सांसद शाहीले भ्रष्टाचारका पुराना फाइल खोल्न सरकारलाई चेतावनी पनि दिए । ‘साँचो चाबी तपाइहरूकै हातमा छ। सप्पै तपाईहरुको हातमा किन ढिलो गर्ने सबै भ्रष्टाचारको फाइल खोल्दी हालौँ न’, उनले भने। 

प्रकाशित: २८ चैत्र २०८० १२:५५ बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही