२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ।

नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित गरेका हुन्।

कांग्रेसले बैठकको प्रारम्भदेखि आफ्नो बेन्चबाट उठेर विरोध जनाइरहेको थियो।

बैठकको सुरुआतमा नै सांसद सुशीला थिङले मंगलबारको प्रतिनिधिसभा बैठकमा कुनैपनि काम कारबाही अगाडी नबढाउन चेतावनी लिएकी थिइन्। उनले गृहमन्त्री रवि लामिछाने माथिको आरोप छानबिनका लागि तत्काल समिति नबनाए संसदको बैठक वा कुनैपनि कारबाही प्रभावित हुने विषयमा सरकार नै जिम्मेवार हुने चेतावनी दिएकी थिइन्। 

प्रकाशित: २७ चैत्र २०८० १३:२१ मंगलबार

प्रतिनिधिसभा