१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

संसदीय छानबिन समिति गठन गर्ने मागबाट पछि नहट्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाउने निर्णय गरेको छ।

सोमवार सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसद्मा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकले छानबिन समितिबाट पछि नहट्ने निर्णय लिएको हो।

काँग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको र भोलि बस्ने बैठकमा आफ्ना माग सम्बोधन नभए फेरि संसद अवरुद्ध गर्ने अल्टिमेटम दिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरूलाई आजै दिउँसो २ बजे छलफलका लागि बोलाएका छन्।

प्रकाशित: २६ चैत्र २०८० १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App