४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसले दोहोर्‍यायो गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग

प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै आधा घन्टा ढिलो सुरु भएको हो।

आजको बैठकमा पनि प्रतिपक्षी नेपाली काँग्रेसले गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग दोहोर्‍याएको छ।

काँग्रेस सांसद सञ्जय गौतमले संसदको आकस्मिक समयमा बोल्दै उपप्रधान एवं गृहमन्त्री रवी लामिछाने सहकारी सम्बन्धी विषयमा संलग्न रहेको आरोप लागेको हुँदा उनीमाथि छानबिनका लागि छानबिन समिति गठन गर्नुपर्ने बताए।

उनले नैतिकताका आधारमा गृहमन्त्रीले पनि आफैँ छानबिनका लागि बाटो खुलाइदिनुपर्ने बताए।

उनले यसअघि पनि विभिन्न समयमा विभिन्न दलका मन्त्रीहरूमाथि आरोप लाग्दा छानबिनका लागि बाटो सहज बनाइदिएको हुँदा यस विषयमा पनि गृहमन्त्री र सरकारले बाटो सहज बनाउनुपर्ने बताए।

प्रकाशित: १८ चैत्र २०८० ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App